पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणमा प्रयोग भएको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु

  • 26
  •  
  •  
    26
    Shares

काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वाञ्चल क्षेत्रको भ्रमणमा रहेको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

पूर्वराजा शाहको भ्रमणमा सामान ओसारपसार गर्ने बा३च ७९६२ नम्बरको गाडीले सुन्दरहरैचा नगरपालिका–४ विराटचोकमा मोटरसाइकलमा रहेका हेम चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी २२ वर्षका थिए ।

उपचारका क्रममा उनको नोबेल अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले मिडिया एनपीलाई जानकारी दिए । उनका अनुसार पूर्वराजा सवार हुने बेला सो गाडीले मोटरसाइकललाई ठक्कर दिएको भने होइन । घाइते हुनेमा मोटरसाइकल चालक प्रकाश चौधरी छन् । उनको अहिले नोबल अस्पतालमा उपचार भइरहेको छ ।