हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले काटे यसपालीको बर्थडे केक

  • 565
  •  
  •  
    565
    Shares

हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा)ले आफ्नो ४४ औं जन्मदिन मनाएका छन् । आज राजधानीमा उनले श्रीमतीको साथमा आफ्ना निकटका साथीसंग जन्मदिन मनाएका हुन् । उनलाई शुभकामना दिन निरु खड्का, निर्देशक दीपाश्री निरौला,  जितु नेपाल लगायतका कलाकार पुगेका थिए ।

 

कलाकार घिमिरे सन् १९७५ अप्रिल ११ मा मकवानपुर जिल्लामा उनि जन्मिएका थिए । हास्यटेलिशृंखला ‘मेरी बास्सै’बाट हिट बनेका उनि सन् २००२ देखि नै कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् ।   पछिल्लो समय केदार घिमिरे चलचित्रमा व्यस्त बनेका छन् । पछिल्लो समय निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’मा देखिएका उनि छिट्टै दीपक दीपाको साथमा चलचित्र ‘छ माया छपक्कै’मा देखिने छन् ।

जन्मदिनको अवसरमा माग्नेबुढालाई उनको फेसबुक टाइमलाइनमा कलाकार, पत्रकार तथा शुभेच्छुकले बधाई दिइरहेका छन् ।