बालुवाटारको जग्गा व्यक्तिको नाममा खरिद भन्ने समाचार सार्वजनिक भएपछि माग्नेबुढाले यसरी गरे व्यङ्ग्य

  • 50
  •  
  •  
    50
    Shares

काठमाडौँ । बालुवाटार स्थित प्रधानमन्त्री निवास नजिकै रहेको जग्गा व्यक्तिको नाममा खरिद भएको समाचार सार्वजनिक भएपछि यो विषयलाई लिएर धेरैले आ आफ्नो तर्क व्यक्त गर्न थालेका छन् ।

यस्तैमा हास्यव्यङ्ग्य कलाकार केदार घिमिरे माग्ने बुढाले व्यङ्ग्य गर्दै आफ्नो फेसबुक मार्फत ‘यसो गरौँ , बालुवाटारको सबै जग्गा आठ / आठ आनाको दरले बाँढदिउँ। त्यसपछि बालुवाटार पुग्ने होड नै बन्द हुन्छ । अनि आर्थिक विकास ड्यामका ड्याम ।’ भन्दै व्याग्यात्मक तरिकाले लेखेका छन् ।

उक्त जग्गा पूर्वअर्थमन्त्री समेत रहेका विष्णु पौडेलको नाममा रहेको कुरा समाचार मार्फत सार्वजनिक भएको थियो । यस विषयलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्ड भने मौन रहेका छन् । समाचार प्रकासित भए लगतै पूर्वअर्थमन्त्री पौडेलले मैले आफ्नो पैसा तिरेर लिएको भन्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेपति जनमानसमा एक किसिमको तरंग नै पैदा भएको छ ।

यस विषयलाई लिएर बहसस पनि सुरु भएको छ । धेरैले सामाजिक सञ्जालमार्फत विष्णु पौडेलले मैले पैसा तिरेर लिएको हँ भन्दै वक्तव्य निकाल्नु कतिको मुर्खता हो भन्दै आफ्नो धारणा राखेका छन् । भने कतिले के बालुटारमा रहेको उक्त जग्गा व्यक्तिले खरिद गर्न पाउँछ त ? भन्ने प्रश्न समेत गरेका छन् ।