‘ए मेरो हजुर ३’ को शीर्ष गीतमा यस्तो देखिए नायक अनमोल के सी (भिडियो सहित)

  • 43
  •  
  •  
    43
    Shares

काठमाडौँ । चैत्र २९ गते रिलिज मिति तय गरेको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ को अफिसियल गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ ।

प्रतिक पौडेलको शब्दमा रहेको उक्त गीतलाई प्रताप दासले स्वर दिएका छन् भने प्रतिक पौडेल र पुष्पन प्रधानले संगीत भरेका छन् । निकै रोमान्त्रक रहेको उक्त गीतको म्यूजिक भिडियोमा नायक अनमोल केसीलाई रक स्टाइलमा देखिको छ ।

चलचित्र चैत्र २९ गते अर्थात भोलीबाट प्रर्दशनमा आउने भएको छ । नायिका झरना थापाको डेब्यु निर्देशनमा रहेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यद्यपी चलित्रमा नवनायिका सुहाना थापाको डेब्यु रहेको छ ।