घरमा बालेको बत्तिको पैसा तिर्न नसकेपछि सडकमा बलिरहेकाे बत्तिमा गएर होमवर्क गर्छन् यी बालक (भिडियो सहित)

  •  
  •  
  •  

काठमाडौँ । घरमा होमवर्क गर्न बत्ति नभएपछि सडकमा गएर होमवर्क गर्दै गरेको एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विकासको लहरले जताततै छाएको छ भन्ने अनेकौ किसिमका नारा लाउने र उत्सव मनाउने गरेको भएपनि कयौँ व्यक्तिहरु गरिबीको कारण न पढ्ने पढ्ने सहज वातावरण पाएका छन् न राम्रो आवासको व्यवस्था नै छ ?

आजको युगमो शिक्षाको शिक्षा प्रत्येक बालबालीकाको अपरिहार्य आवश्यकता हो । तर कतियप बालबालिकाहरु गरिबीको कारण स्कुलसम्म पुग्न सकेका छैनन् । वास्तवमा भन्ने हो भने आर्थिक समस्याको चपटेमा परेका कयौ परिवारका बालबालिका अझै पनि मजदुर गरेर जीविको पार्जन गर्न बाध्य छन् । भनिन्छ इच्छा भए उपाय भनेजस्तै पेरुका एक बालकले यही भनाइलाई सार्थकता दिएका छन् ।

१२ वर्षिय ती बालके घरमा बत्ति नभएपछि सडकमा बसेर होमवर्क गर्दै गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सडकको पेटीमा बसेर होमवर्क गर्दै गरेका एक बालललको भिडियो सिसि क्यामेरा फुटेजबाट निकालिएको हो । घरको आर्थिक स्थिती कमजोर भएर घरमा बालिएको बत्तिको पैसा तिर्न सक्ने क्षमता नभएपछि उनी सडकमा बालिएको बत्तिको प्रयोग गरेर पढ्ने गरेको बताएका छन् ।

प्रहरीले सुरक्षाको लागि राखेको सिसि क्यामेरा जाँच गर्दा उक्त भिडियो भेटिएको थियो ।त्यसपछि ती बालकको शिक्षा प्रतिको मह देखेर प्रहरी प्रशासनले नै उक्त भिडियोलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो । यद्यपी ती बालकको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।