निर्वाचनको लहर चल्दै गर्दा भारतमा राहुल गान्धीमाथि हत्याको प्रयास भएकै हो त ? हेर्नुहोस् भिडियोमा यस्तो देखियो

  •  
  •  
  •  

काठमाडौँ । भारतमा निर्वाचन चलिरहेको बेला निकै भयानक घटना सार्वजनिक भएको छ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी लाई चुनावको समय पारेर हत्या गर्ने षड्यन्त्र बनाइएको कुरा सार्वजनिक भएको छ ।

सुरक्षामा गम्भिर असर परेको भन्दै उनले कांग्रेसले गृहमन्त्री राजनाथ सिंहलाई पत्र सहित भिडियो क्लिप पठाएर जाँच गर्न माग गरेका छन् । निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका राहुलले सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नो टाउकोमा ७ पटक हरियो रंगको लायट देखिएको र यो लाइट विशेष किसिमको बन्दुकको निशाना रहेको बताएका छन् ।

पत्रमा पूर्व प्रधानमन्त्रीहरु राहुलका पिता राजीव गान्धी र राहुलकी हजुरआमा इन्दिरा गान्धीको हत्याको पनि स्मरण गराइएको छ । उक्त घटनालाई लिएर प्रदेश सरकार सुरक्षामा गम्भिर नभएको कारण केन्द्र सरकारसँग कारबाहीको माग गरिएको छ ।