किन गरेका थिए अमिताभले जयासँग २४ घण्टामै विवाह ? यस्तो छ वास्तविक कारण

  •  
  •  
  •  

काठमाडौँ । केही समय अगाडी ७१औँ जन्मदिन मनाएकी बलिउड चर्चित अभिनेत्री जया बच्चनको चर्चा अझै पनि उस्तै छ । बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चनसँग विवाह गरेपछि अभिनयबाट ओझेल परेकी उनले विवाह अगाडी नै राम्रो अभिनयको कारण दर्शकको मनमा बस्न सफल भएकी थिइन् ।

मध्येप्रदेशको जबलपुरमा सन् १९४८ अप्रिल ९ मा जन्मिएकी जायले बलिउडमा उत्कृष्ट ‘गुड्डी’, ‘मिली’, ‘बावर्ची’, ‘परिचय’ र ‘कोशिश’ जस्ता फिल्ममा काम गरिसकेकी थिइन् । १५ वर्षको उमेरमा नै अभिनयमा लागेकी जयाले सन् १९६३ मा निर्देशक सत्यजित रे को बंगाली फिल्म ‘महानगर’ मा सहायक अभिनेत्रीको रुपमा रहेर करियर सुरु गरेकी थिइन् ।बलिउडको एक सफल जोडीको रुपमा अभिनेता अमिताभ र जयालाई लिने गरिएको छ ।

उनीहरुले सन् १९७३ मा विवाह गरेका हुन् । अमिताभले सञ्चारमाध्यमसँगको कुराकानीमा जयासँगको विवाहको अनुभव सुनाएका थिए । त्यतिबेला फिल्म ‘जन्जिर’ मा काम गरिरहेको बेला फिल्म निर्माण टिमले लण्डन जाने सोच बनाएका थिए । तर अमिताभका पिताले जयासँग विवाह नगरी घुम्न जान नदिने भएपछि २४ घण्टामा नै विहेको निर्णय गरेर विवाह गरेको बताए ।

जबकी अभिनेत्री जया फिल्म ‘शोले’ को सुटिङ गर्दा गर्भवती भइसकेकी थिइन् । जयाले अमिताभसँग पहिलो पटक ‘बंसी बिरजू’ फिल्ममा काम गरेकी थिइन् । त्यसपछि खेलेका फिल्म मध्ये ‘जंजीर’, ‘अभिमान’, ‘चुपके चुपके’, ‘मिली’, ‘शोले’ र ‘कभी खुशी कभी गम’ बलिउडमा सुपरहिट भएको थियो ।