नेयमारले पिएसजी नछोड्ने पक्का !

  •  
  •  
  •  

काठमाडौंः ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार पछिल्लो समय चोटका कारण मैदानमा देखीएका छैनन् । कतिले उनी यस सिजनको अन्त्यमा अन्तै क्लब जान चाहेको खबर बाहिर्याएका छन् भने कतीले उनी पिएसजीमै रहने बताएका छन् ।

पछिल्लो समय नेयमार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान नजरमा रहेको बताइएको छ । रियलमा अनुबन्ध भएपछि जिदानले क्लबमा केही खेलाडी भित्र्याउने योजनाको लिस्टमा नेयमार पनि रहेको खुलासा भएको थियो । उनी पुन स्पेन फर्किन सक्ने रियलले एक विकल्पको रुपमा हेरेको छ ।

तर, उनका बुबाले भने नेयमार पिएसजी छोडेर अन्य क्लबमा नजाने बताएका छन् । ‘नेयमार पिएसजी छोड्न चाहन्न् । किनकी हामी भरखर दोस्रो सिजनमा छौ र हाम्रो पिएसजीसँग लामो सम्झौता छ ।’

नेयमारका बुबाले भने, ‘उनले दुई बर्ष अगाडी पिएसजीमा जान चाहेका थिए र उनी पिएसजीमा रहेर लगातार क्लबका लागि उपाधि जित्न चाहन्छन् ।’ नेयमारले केलियन एमबाप्पे, एडिसन कभानी र एन्जल डि मारीसँगका एक अट्रयाकरको भुमिका निभाएका छन् । उनीसँग क्लबलाई उपाधि जिताउन सक्ने अझै क्षमता छ ।