हास्यकलाकार केदार घिमिरे माग्नेबुढा ‘प्रबल जनसेवा श्री’ विभूषित, गरे यस्तो प्रण

  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । हास्यकलाकार केदार घिमिरे माग्नेबुढा ‘प्रबल जनसेवाश्री’ विभूषित भएका छन् । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

‘प्रबल जनसेवाश्री’ विभूषणबाट सम्मानित भएपछि माग्नेबुढाले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । उनले कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गरेका छन् ।

‘सधैं यस्तै अलिकति निहुरिन पाउँ । छाती तन्काएर कसैका सामु घमण्ड नगरुँ । हँसाइरहन पाउँ । ‘प्रबल जनसेवा श्री’ बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु,’ माग्नेबुढाले फेसबुकमा स्टाटस लेखेका छन् ।

कलाकार निर्माता दीपकराज गिरीले ‘प्रबल जनसेवा श्री’ बाट विभूषित भएकोमा माग्नेबुढालाई बधाई दिएका छन् । उनले ठट्यौली पारामा माग्नेबुढा अब तक्मेबुढा भएको बताएका छन् ।