विश्वकै सबैभन्दा ठूलो विमानको परिक्षण उडान सफल , एकै पटक बोक्नेछ तीन रकेट

  •  
  •  
  •  

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो विमानको  परिक्षण उडान सफल भएको छ । संयूक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा निर्माण भएको उक्त विमानलाई स्ट्रेटोलन्च नाम दिइएको छ । ३५ हजार फिट माथि सम्म उड्न सक्ने यो विमानमा बोइंग ७४७ ईन्जिन लागेको छ । यसमा ३५ हजार फिट माथि रकेट पठाउन सक्ने क्षमता रहेको छ ।

सन् २०१९ अप्रिल १३ शनिबारको दिन विमानले अमेरिकाको सबैभन्दा सुख्खा मरुभूमि मोजावेमा उडान भर्न सफल भएको हो । परिक्षण सफल भएसँगै यो विमानले भविष्यमा भीमकाय उडानको सकारात्मक संकेत देखाएको छ । यसको आविष्कार अन्तरिक्षमा रकेट पुर्याउने तथा पृथ्वीसम्म पुर्याउने कार्यमा प्रयोग हुन्छ ।

यसले अन्तरिक्षको कक्षसम्म पर्याउन सफल हुनेछ । यो भिमकाय स्ट्रेटोलन्च विमान प्रयोगमा नआउञ्जेल टेकअफ रकेटको सहयोगले उपग्रहहरुलाई अन्तरिक्षको कक्षमा पठाइनेछ । २१ औँ शताब्दीमा स्ट्रेटोलन्च विमानको आविस्कार सबैभन्दा उत्तम विकल्पको रुपमा लिइएको छ ।

विमानको निर्माण स्केल्ड कम्पोजिट्स नामक इन्जिनियरिंग कम्पनीले गरेको हो । यसको पखेटाको चौडाई विशाल फुटबल रंगशाला भन्दा ठूलो रहेको छ । पहिलो पटक गरिएको उडान परिक्षणमा यो विमानले हावामा अधिकतम ३०४ किलोमिटर प्रतिघण्टाको गतिमा साँढे दुई घण्टासम्म उड्न सफल भएको थियो ।

यसको अर्को विशेषता भनेको एक्कैपटकमा ३ वटा रकेट राखेर उडनन गर्न पनि सक्छ । यद्यपी यो पहिलो स्वरुप भने होइन् । स्ट्रेटोलन्चलाई सन् २०११ मा माइक्रोसफ्टका दिवंगत सह संस्थापक पल जी एलनले तयार पारेका थिए । तर उनको अप्रत्यासित मृत्यु भएको कारण सार्वजनिक गर्न सकिएको थिएन् ।