सोमबार अपराह्नपछि मेघगर्जनसहित वर्षा, मंगलबार मौसम झन् बिग्रने

  •  
  •  
  •  

काठमाडौं, २ वैशाख । आज (सोमबार) काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको उसको भनाइ छ । सोमबार अपरान्हपश्चात देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले निकालेको बुलेटिनमा उल्लेख छ ।

पश्चिमी वायु सक्रिय भएकाले मंगलबार दिनभरजसो देशभरको मौसम बदली हुने र भीषण वर्षा हुने प्रक्षेपण गरिएको छ ।