नेयमार, काभानी विनाको पिएसजीले व्यहोर्यो लज्जास्पद हार

  • 46
  •  
  •  
    46
    Shares

काठमाडौंः फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिलेसँग लज्जास्पद हार बेहोरेको छ ।  लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिलेसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । पीएसजीले लिग वानमा १९ वर्षपछि यति फराकिलो हार ब्योहोरेको हो ।

१० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे । एक गोल उपहार पाएको थियो । जुवान बर्नाटले सान्त्वाना गोल फर्काए ।


खेलको सातौ मिनेटमा नै पीएसजी थोमस म्युनियरको आत्मघाती गोलबाट पछि परेको थियो । छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेट हुदै गोलमा परिणत भएको थियो ।

तर, पिएसजीले लिलेको त्यो अग्रतालाई लामो समय टिक्न दिएन । ११ औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काए । ३६औं मिनेटमा जुवान बर्नाट सिधै रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी समस्यामा परेको थियो ।

पीएसजी १० खेलाडीमा समेटिएको फाइदा लिलेले उठाउन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गरे । ६५औं मिनेटमा जोनाथन वाम्वाले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याए ।
७२औं मिनेटमा गाब्रियलले तथा ८४औं मिनेटमा जोसे फोन्टेले गोल गर्दै पीएसजीलाई ५–१ को नराम्रो हार चखायो । पीएसजीले बल पोजेसन राखेपनि लगातार गोल खाइरह्यो ।

जितसँगै लिलेले शीर्षस्थानको पीएसजीको सँगको अंक दुरी छोट्याएको छ । लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ८१ अंक छ । हारसँगै पीएसजीले उपाधिका लागि अझै अर्को खेल कुर्नुपर्ने भएको छ ।