फिल्म ‘भारत’ मा सलमान खान सेतै दाह्रीजुँगा र कपाल फुलेको गेटअपमा, देखियो यस्तो लुक्स

  •  
  •  
  •  

एजेन्सी, २ वैशाख । बलिउड स्टार सलमान खान गेटअपमा निकै कन्सस देखिन्छन् । उमेरले ५५ वर्ष लागिसके पनि उनी अझै युवा नै देखिन्छन् । त्यही भएर जुनसुकै फिल्ममा पनि उनी उही गेटअप मन पराउँछन् । चरित्रअनुसार त्यति धेरै गेटअप परिवर्तन गर्दैनन् ।

तर, नयाँ फिल्म ‘भारत’ मा सलमान खान अहिलेसम्मकै फरक भूमिकामा प्रस्तुत हुँदैछन् । सो फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको छ । जसमा सलमान खान दाह्रीजुँगा सेतै फुलेको वृद्ध उमेरको देखिएका छन् ।

पोस्टरमा सलमानको कपाल पनि फुलेको र चस्मा लगाएका छन् ।

अलि अब्बास जाफरले निर्देशन गरेको फिल्ममा कैटरिना कैफ मुख्य भूमिकामा छिन् । फिल्म यही वर्षको इदमा रिलिज हुँदैछ ।