क्रिस्टल प्यालेसलाई हराउँदै म्यानचेस्टर सिटी शिर्ष स्थानमा

  •  
  •  
  •  

काठमाडौंः साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रियिमर लिगको शिर्ष स्थानमा उक्लिएको छ । शनिवार साँझ भएको खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ३–१ गोलले हराउँदै सिटी शिर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा रहिम स्टर्लिङले २ तथा गाब्रियल जेसुसले एक गोल गरे । प्यालेसका लागि लुका मिलिभोजेपिकले एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा केभिन डि ब्रुनेको पासमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३ औं मिनेटमा लोयरो सानेको पासमा स्टर्लिङले पुनः गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ८१ औं मिनेटमा प्यालेसका लागि लुकाले गोल फर्काए । ९० औं मिनेटमा ब्रुनेको पासमा जेसुसले गोल गरेपछि सिटीले ३–१ को जित निकाल्यो ।

जितसँगै सिटीले ३३ खेलबाट ८३ अंक जोडेको छ र शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ८२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । ३९ अंक जोडेको प्यालेस १३ औं स्थानमा छ ।