सावधान  ! सुपारी खान आजैबाट छोड्नुहोस्, जसको सेवनले क्यान्सर हुने सम्भावना धेरै हुन्छ

  •  
  •  
  •  

काठमाडौँ । नेपाली मुलुकको तराई क्षेत्रमा सुपारी खाने प्रचलन धेरै रहेको छ । सुपार मिसाइएका खानेकुरा गुट्का , पान मसला सुपारी हालेर बनाइने खानेकुरा निरन्तर प्रयोग गर्दा ओरल सबम्युकस फाइब्रोसिस अर्थात मुख नखुल्ने रोग भएका व्यक्तिहरु दैनिक १५ प्रतिशत भन्दा बढी हुने गरेको पाइएको छ ।

समयमा नै उपचार गर्न सके शतप्रतिशत बाच्न सक्ने यो रोगबाट करिब ९० प्रतिशत १६ वर्षदेखि ४५ वर्ष सम्मका रहेका हुन्छन् । मुलत यो रोगको कारण भनेकै सुपारी, पान मसला वा गुट्खा जस्ता सामाग्रीको प्रयोग हो । विश्व स्वास्थ्य संगठन डब्लूइचओको अनुसरा विश्वमा ६० करोग व्यक्ति कुनै न कुनै कारण सुर्ति जन्य पदार्थ मिसाइएको खानेकुरा तमाखु, सुर्ती, जर्दा हालिएको वा नहालिएको पान खाने गरेको पाइएको छ ।

सुपारी जन्य पदार्थ जति खाइयो त्यतिनै गाला जिब्रो आदिमा यसको असर बढ्दै जान्छ । यसले मुखमा भएको कमलो तन्तुको कडा रेसा भएर देखा पर्न थाल्छ । त्यस्तै तमाखु सेवन गर्दा पनि क्यान्सरको खतरा बढ्ने गर्छ । तमाखु भन्दा धेरै समय मुखमा रहिरहने भएको कारण सुपारीले बढी असर गर्छ । यद्यपी क्यान्सर हुनुभन्दा अगाडीको अवस्था ओएसएफ भएका १७ प्रतिशत व्यक्तिमा क्यान्सर हुने गरेको विषेसज्ञहरुको भनाइ छ ।

कुनै पनि रुपमा सुपारी खाने गर्दा क्यान्स हुने गरेको पाइएको छ । काँचो सुपारी खानेहरुमा त अझ बढी यस्तो समस्या रहेको पाइएको छ । दैनिक जसो सुपारीजन्य पदार्थको सेवन गर्नेहरुमा ८३ प्रतिशत भन्दा बढी मानिसमा क्यन्सर भन्दा खतरनाक तरिकाले जीवनभरि बाँच्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । यस्तो समस्या भएका व्यक्तिहरु मुख राम्ररी खोल्न नसक्ने, राम्ररी बोल्न नसक्ने, खान नसक्ने, भएकाले दुखदायी जीवन बाच्ने गरेका छन्

। विशेषत मधेश बाट आएका यी समस्याले एक महिनामा १५ जना भन्दा बढी बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय कम उमेरमा नै गुड्खा, पान, सुपारी जस्ता कुराहरु खाने गर्दा युवापुस्ताहरुमा यो समस्या बढी रहेको पाइएको छ । यद्यपी सूर्तीजन्य कुराहरु स्वास्थ्यको लागि नराम्रो हो भन्ने जानकारी रहेपनि सुपारी भएका चीजहरु स्वास्थ्यको लागि हानिकारक हो भन्ने जानकारी समाजमा नरहेको पाइएको छ ।

अत्याधिक सुपारीजन्य पदार्थ सेवन गर्दा यी लक्षणहरु देखा पर्छन् जसले क्यान्सर हुने सम्भावना धेरै रहेको हुन्छ ।

१.गालामा बाक्लो मासु भएको महसुुस हुने ।

२. गालामा घाउ भएपछि पकाएको खानेकुराहरु खाँदा पोल्ने ।

३.सजिलैसँग मुख आँ गर्न नमिल्ने ।

४.दुखाइको कारण मसालेदार खानेकुरा खान नसक्ने ।

५खानेकुरा राम्ररी चपाएर खान नसक्ने । जस्ता लक्षणहरु देखा पर्छन् ।

उपचार : औषधीको प्रयोग गरेर बिरामीको अवस्थालाई सहज बनाउन सकिन्छ । मुखको सल्यक्रिया गरेरपनि समस्याको समाधान गर्न सकिन्छ । मुखको फिजियोथेरापी गरेर पनि समस्यालाई बढ्न रोक्न सकिन्छ । समयमा उपचार गर्न नसकिएमा यो रोग क्यान्सरमा परिवर्तन हुने गर्छ ।

त्यसकारण यस्ता समस्या भएका व्यक्तिले निरन्तर रुपमा फलो गर्नुपर्छ । तातो पिरो खान नसक्ने र मुख राम्ररी खोल्न नसक्ने व्यक्तिले आफुलाई सहज हुने स्थिती सिर्जना गराइराख्नुपर्छ । यद्यपी सुपारी गुड्खा, पान मसला जस्ता चिजहरु खान छोड्न सके अवस्थालाई सत प्रतिशत निको पार्न सक्ने चिकित्सकहरुको भनाइ छ ।