के तपाई महिला भएर माथिल्लो ओठमा जुंगा आएर हैरान हुनुहुन्छ ? घरमै सजिलो तरिकाले यसरी हटाउनुहोस्

  •  
  •  
  •  

काठमाडौँ । पुरुषहरुमा जुंगा आउनु सामान्य हो । तर हाम्रो समाजमा महिलाहरु जुंगा आउनुलाई भिन्न तरिकाले हेर्ने गरिन्छ । तर सामान्यतया धेरै महिलाहरुमा पुरुषको जस्तो ठूलो ठूलो जुंगा नआएपनि सामान्य पलाएको हुन्छ ।

यद्यपी महिलाहरुमा पुरुष हर्मन एन्ड्रोजन बढी भएमा महिलामा यस्तो समस्या देखा पर्छ । कतिपयमा वंशाणुगत गुणको कारण बढी रौँ पलाउने समस्याहरु हुन्छ । त्यसकारण आज हामी तपाईहरुलाई यस्तै समस्या भएका महिलाहरुको लागि जुंगा हटाउने घरेलु उपायहरु बताउन गइरहेका छौँ ।

अण्डाको सेतो भाग : अण्डाको सेतो भागमा एक चम्चा चिनी र गहुँको पिठो मिसाएर बनाएको पेस्टलाई ओठमा लगाएर आधा घण्टापछि सफा गर्ने । यसो गर्दा लामो समयसम्म ओठमा रौँ आउँदैन् ।