टिकटक बनाउन प्रयोग गरिएको बन्दुकले लियो आफ्नै साथीको ज्यान

  •  
  •  
  •  

काठमाडौँ । टिकटक बनाउन प्रयोग गरेको बन्दुकले एक व्यक्तिको ज्यान गएको छ । भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षिय एक युवकले आफ्नो साथीलाई देखाएर टिकटक भिडियो बनाउँदै गर्दा यस्तो घटना घटेको हो ।

प्रहरीको अनुसार शनिबार राती सलमान आफ्नो साथी सोहेल र आमिर लिएर इन्डिया गेटको यात्रामा निस्किएका थिए । घर फर्कने बेला कार चलाइरहेको बेला सलमानसँगै बेसेका सोहेलले बन्दुक निकालेर टिकटक बनाउने भन्दै सलमानलाई बन्दुक ताके । यद्यपी त्यसबाट निस्केको बन्दुक लागेर सलमान सख्त घाइते बने ।

घटना भएलगतै अस्पतालमा पुर्याइएको सलमानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अचानक यस्तो घटना घटेपटि आमिर, सोहेल र सरिफ फरार भएका तीनै जनाई प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ परेका व्यक्तिहरुमा बन्दुक नियतवश वा दुर्घटनावश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेकोे छ ।

साथीहरुले घरमै आएर बोलाएपछि घुम्न भनेर घरबाट हिडेका सलममान घरको कान्छो छोरा भएको बताइएको छ । उनको घरमा उक दाई र दिदी रहेका छन् । सलमानको बाबू ज्याकेट र जिन्सको व्यपार गर्छन् ।