यी हुन् नयाँ बर्षकै दिन लुक्लामा बिमान दुर्घटनामा परि ज्यान गुमाएका समिट एयरका कोपाइलट सुजित ढुंगाना

  •  
  •  
  •  

नयाँ वर्षको दिन आइतबार बिहानै दुखद खबर आयो। सोलुखुम्बुको लुक्ला विमानस्थलमा जहाज र हेलिकप्टर ठोक्किए। रामेछापको मन्थलीका लागि उड्न लागेको जहाजले रनवे छोडेर आकाशतिर आउन सकेन। बरू चिप्लिएर बाहिर गयो। पार्किङ गर्न लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्कियो। दुर्घटनामा परी समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गयो।
कोपाइलट सुजित ढुंगानाले पाइलट कोर्स फिलिपिन्सबाट गरेका थिए । उनि एकल आमाबाट हुर्किएका छोरा हुन् । उनका माता पिताले अन्तर्जातीय विवाह गरेका थिए । सुजितको एक वर्ष अघि मात्रै विवाह गरेका थिए ।