बाँदरमा मान्छेको जीन, ११ मध्ये पाँचवटा बाँदर बाँचे

  • 13
  •  
  •  
    13
    Shares

एजेन्सी, ३ वैशाख । मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् ।

बीबीसीका अनुसार चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन् ।

मानव मस्तिष्कको जीन प्रत्यारोपण भएपछि बाँदरहरू केही बुद्धिमान भएको उनीहरूले दाबी गरेका छन् । तर केही संस्थाहरूले यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाएका छन् । वैज्ञानिकहरूले भने यसमा नैतिक प्रश्न उठाउनु सही नभएको उल्लेख गरेका छन् ।

११ वटा बाँदरमा मान्छेको जीन हालिएको थियो । तीमध्ये पाँचवटा बाँदर मात्र बाँचेका थिए । जीन हालिएका बाँदर विकसित हुन भने केही समय लागेको वैज्ञानिकहरूले बताएका छन् ।