‘लूट्न सके लूट’ गीत गाएको भन्दै पशुपति शर्मालाई ‘प्रबल जनसेवा श्री’ लिन बोलाइएन

  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । ‘लूट्न सके लूट…’ बोलको गीत गाएको भन्दै गायक पशुपति शर्मालाई सरकारले दिएको ‘प्रबल जनसेवा श्री’ लिन आमन्त्रण नै गरिएन ।

गृह मन्त्रालयले २०७५ असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का दिन घोषित विभूषणहरुमध्ये शर्मालाई ‘प्रबल जनसेवा श्री’ (चतुर्थ श्रेणी) दिइएको थियो । गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् ।

शर्माले केही समयअघि ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यंग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएका थिए । गायक शर्माले आफूलाई सरकारबाट औपचारिक रुपमा कुनै जानकारी नआएको बताएका छन् ।