डेंगुको उपचारपछि घर फर्केकी नायिका निरुता सिंह नेपाल आउँदै

  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । नायिका निरुता सिंह एक महिना लामो उपचारपछि घर फर्केकी छन् । नेपालमा चलचित्र सुटिङ गरेर मुम्बई गएको केही समयपछि उनलाई डेंगुले आक्रमण गरेको थियो ।

डेंगु भाइरलका कारण झन्डै एक महिना उनको मुम्बईको एक अस्पतालमा उपचार भएको थियो । अस्पतालमै उपचार गराइरहेका बेला उनलाई भेट्न गायिका दीपानारायण झा पुगेकी थिइन् । केही दिनको आरामपछि निरुता नेपाल आउने भएकी छन् ।

निरुताको पनि अभिनय रहेको ‘दाल भात तरकारी’ यही वैशाखमा रिलिज हुँदैछ । चलचित्रको प्रोमोसनका लागि निरुता काठमाडौं आउन लागेकी हुन् ।