राष्ट्रपतिबाट आफु सम्मानित भएपछि हास्य कलाकार माग्नेबुढाले लेखे मनछुने स्टाटस

  •  
  •  
  •  

काठमाडौँ । चर्चित हास्यव्यङ्ग्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित भएका छन् ।

सरकारले विभिन्न क्षेत्रमा रहेर योग्दान गर्दै आएका व्यक्तिहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने क्रममा केदार घिमिरे माग्ने बुढालाई राष्ट्रपति विद्या देवी भण्डारीले प्रबल नजसेवा श्री पदक बाट सम्मान गरेकी हुन् ।

यसरी राष्ट्रपतिबाट सम्मान पाएपछि उनले आफ्नो फेसबुक मार्फत ‘सधैं यस्तै अलिकति निहुरिन पाउं । छाति तन्काएर कसैका सामु घमण्ड नगरुॅ । सानो भईयो भने जता पनि अटाईन्छ ,ठुलो हुँदा कतै अटाईंदैन । त्यसेले सधैं सानै हुन पाउँ । हंसाईरहन पाउॅ। प्रबल जनसेवा श्री बाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद । कर्तब्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु। भन्दै स्टाटस लेखेका छन् ।