प्रेमिका जियासँग लन्डनमा रोमान्स गर्दै भुवन केसी (तस्बिर)

  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । सदाबहार अभिनेता भुवन केसी अहिले बेलायतको लन्डनमा छन् । नायिका जिया केसीलाई लिएर उनी लन्डन पुगेका हुन् ।

‘क्याप्टेन’ चलचित्रको प्रदर्शनपछि छुट्टी मनाउन भुवन युरोपका देशको भ्रमणमा गएका हुन् । भुवनले जिया केसीसँग खिचाएका केही तस्बिर फेसबुकमा राखेका छन् । ती तस्बिर हेर्दा दुवै प्रेममा रहेको प्रस्ट हुन्छ ।

भुवन र जिया ‘लिभ इन टुगेदर’ मा बसेको धेरै भइसक्यो । तर, अहिलेसम्म जियासँगको सम्बन्धबारे भुवनले मुख खोलेका छैनन् । कान्छी श्रीमती सुस्मिता केसीसँगको डिभोर्सपछि भुवनले जिया केसीसँग सम्बन्ध विस्तार गरेका थिए । तर, लन्डनमा पुगेपछि भुवन र जियाको सम्बन्ध छताछुल्ल भएको छ ।