के तपाई आफ्नो दाँत पहेँलो र कालो भएर चिन्तित हुनुहन्छ ? घरेलु विधिबाट यसरी चम्काउनुहोस् दाँत

  • 32
  •  
  •  
    32
    Shares

काठमाडौँ । परिवर्तनसिल खानपान र नसालु पदार्थ खैनी, चुरोट, गुट्का जस्ता चिजहरु खाने बानीको कारण दाँत नराम्रोसँग बिग्रेको हुन्छ । यदि मानिस सुन्दर देखिनको लागि उसको दाँत सुन्दर हुन त्यतिकै जरुरी रहेको छ । प्राय धेरै मानिसमा दाँत पहेँलो हुने समस्या हुन्छ ।

जतिसुकै सफा गरेपनि दाँतमा सुधारमा नआएको पनि हामीले धेरै देखेका छौँ । विभिन्न किसिमका सुर्तिजन्य पदार्थ धुम्रपान, मध्यपानको सेवन मुखको लागि निकै आनिकारक हुन्छ । यस्तो समस्या बढ्दै गएपछि सास गन्हाउने, दाँत पहेँलो हुने, दाँतमा फोहोर मैला जमेर बस्ने जस्ता समस्याहरु आउँछन् । त्यतिमात्रै हैन् दाँत पहेँलो देख्नु भनेको सुन्दरतामा आएको समस्या हो ।

यदि दाँत सफा र सुन्दर छ भने दिल खोलेर हास्न र बोल्न सकिन्छ । तर दाँत नराम्रो छ भने साथीको अगाडी देखाउन लाज हुन्छ । खुलेर बोल्न सक्दैनन् । त्यसकारण आज हामी तपाईहरुलाई दाँतलाई कसरी मोती जस्तो टल्किने बनाउने भन्ने बारे बताउन गइरहेका छौँ । जसले दाँतमा भएका विभिन्न समस्याबाट छुट्कारा दिलाउँनुको साथै दाँत टल्काउँछ ।

आवश्यक सामाग्री

गाजर

कागती

बेकीङ सोडा

बेसार

बनाउने तरिका  : एउटा सफा कचौँरा लिने । त्यसमा कागतीको रस, एक चिम्टी बेकीङ सोडा, एक चिम्टी बेसार राखेर राम्रोसँग पिटेर पेस्ट बनाउने । त्यसपछि गाँजरलाई मसिनो पारेर काट्ने र पिस्ने । अब अघि तयार पारेको पेस्टमा गाजरको पेस्ट राखेर फेरि दुवैलाई राम्रोसँग फिट्ने । अब पेस्ट तयार भयो ।

प्रयोग गर्ने तरिका : तयार पारिएको पेस्टलाई ब्रसमा राखेर करिब दुई मिनेटसम्म दाँत माझ्ने । यसरी यो पस्टलाई प्रयोग गरेर दाँत माझेको केही समयमा नै पहेँलो दाँत सेतो हुनुको साथै सास गन्हाउने समस्या समेत हटेर जान्छ । यो विधिअनुसार हप्तामा करिब दुई तिन पटक प्रयोग गरेमा दाँतमा थप नयाँ चमक आउँछ ।