सञ्चारमन्त्री बास्कोटालाई भैरहवामै अलपत्र छाडेर बुद्ध एयर किन काठमाडौं उड्यो ?

  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरले अलपत्र पारेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार प्रेस चौतारीले आयोजना गरेको पत्रका सम्मेलनमा मन्त्री बास्कोटाले आफूलाई बुद्ध एयरले भैरहवामा एक दिन अलपत्र पारेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् ।

अर्घाखाँचीको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री बाँस्कोटालाई छाडेर सोमबार साँझ बुद्ध एयर काठमाडौं उडेको थियो । उनले विमान कम्पनीमाथि लापरबाही गरेको आरोप लगाए ।

मन्त्री बास्कोटाले नेकपा महासचिव बिष्णु पौडेललगायत बालुवाटारको जग्गा किन्ने सबैलाई कारोबारीले क्षतिपूर्ति दिनुपर्ने बताए । सरकारले जग्गा फिर्ता अभियान सुरु गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले जग्गा किन्ने भन्दा फसाउने कारोवारी दोषी रहेको उल्लेख गरे । उनले रेल ल्याउने सरकारको घोषणालाई हल्का ढंगमा टिप्पणी गरेको भन्दै गुनासो गरे ।