च्याम्पियन्स लिगमा आजः बार्सिलोना भर्सेस म्यानचेस्टर युनाइटेड, युभेन्टस भर्सेस अयाक्स, को पुग्लो सेमिफाइनलमा ?

  •  
  •  
  •  

काठमाडौंः च्याम्पियन्स लिगको क्वाटर फाइनलको दोस्रो लेगमा आज दुई महत्वपूर्ण खेल हुँदैछन् । दुवै खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछन् । जसमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेको सामना गर्दै छ भने इटालियन क्लब युभेन्टसले डच टोली आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल चार चर्चित युरोयिन क्लबकाबीचमा मात्रै हुने छैन । वर्तमान फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रतिस्ठासँग समेत जोडिएको छ ।

बार्सिलोना भर्सेस म्यानचेस्टर युनाइटेड

गत साता भएको पहिलो लेगमा बार्सिलोना भाग्यमानी ठहरियो । किनकी म्यानचेस्टरको मैदानमा भएको खेलमा बार्सिलोनाले उपहार गोल मार्फत जित दर्ता गर्यो । यो भिडन्तमा अवे गोल गर्दै जित निकालेको आधारमा बार्सिलोना बलियो छ । अब बार्सिलोनाले सेमिफाइनलमा पुग्न घरेलु मैदानमा म्यान यु लाई गोल रहित बराबरीमा रोके पुग्छ । तर, म्यानचेस्टरले एक गोल फर्काएमा बार्सिलोनाले स्पष्ट जित निकाल्नुपर्नेछ ।

त्यसैले बार्सिलोना म्यान यु लाई गोल गर्न नदिने र स्पष्ट जित निकाल्ने अभियानमा हुनेछ । यता प्रिक्वाटर फाइनलको झैं नतिजा उल्टाउने दाउमा म्यान यु हुनेछ । किनकी प्रि क्वाटरफाइनलमा घरेलु मैदानमा भएको पहिलो लेगमा म्यान यु पिएसजीसँग २–० ले पराजित भएको थियो । तर, दोस्रो लेगमा पिएसजीलाई उसकै मैदानमा ३–१ ले हराएर समग्रमा ३–३ को नजिता निकाली अवे गोलका आधारमा म्यान यु क्वाटरफाइनल आइपुगेको हो । त्यसैले पिएसजी बार्सिलोनाको मैदानमा स्पष्ट जित निकाल्ने अभियानमा रहनेछ । म्यान यु सेमिफाइनलमा पुग्न उसका लागि २–० को स्पष्ट जित आवश्यक पर्छ ।

युभेन्टस विरुद्ध आयाक्स

गत साता भएको पहिलो लेगमा आयाक्स र युभेन्टस १–१ को बराबरीमा रोकिए । तर, पनि युभेन्टस अवे गोलका आधारमा बलियो स्थितीमा छ । तर, पनि घरेलु मैदानको फाइदा उठाएर स्पष्ट जित निकाल्ने अभियानमा युभेन्टस हुनेछ । युभेन्टसका प्रमुख हतियार हुन्, त्रिस्टियानो रोनाल्डो । प्रिक्वाटर फाइनलको पहिलो लेगमा एट्लेटिक मड्रिड विरुद्ध २–० ले हार व्यहोरेको युभेन्टसका लागि दोस्रो लेगमा ह्याट्रिक गर्दै रोनाल्डोले टोलिलाई समग्रमा ३–२ को जित दिलाएका थिए ।

त्यसैले अयाक्स विरुद्ध पनि घरेलु मैदानमा रोनाल्डोले चमत्कार गर्न सक्ने धेरैको अनुमान छ । सेमिफाइनलमा पुग्न युभेन्टसले अयाक्सलाई गोल रहित बराबरीमा रोक्न सके पर्याप्त हुनेछ । तर, अयाक्सले गोल गरेमा भने युभेन्टसले स्पष्ट जित निकाल्नुपर्छ । यता अयाक्स भने युभेन्टस विरुद्ध जितको खोजिमा हुनेछ । प्रिक्वाटर फाइलनमा साविक विजेता रियल मड्रिडलाई समग्रमा ५–३ ले हराएर क्वाटरफाइनल प्रवेश गरेको अयाक्सको मनोवल उच्च देखिन्छ ।