चन्द्रकान्तले लिएर आए प्रदेशीको मनै रुवाउने गीत (भिडियो सहित)

  •  
  •  
  •  

काठमाडौँ  । आफ्नो घर परिवार र देश छोडेर प्रदेशीनु पर्दाको पिडालाई गायक चन्द्रकान्त पौडेलले गीत मार्फत प्रस्तुत गरेका छन् । दिव्या राईको शब्दमा तयार भएको ‘प्रदेशी हुने रहर कस्लाई हुन्छ र’ बोलको गीत केही दिन अगाडी मात्रै सार्वजनिक भएको हो ।

गायक चन्द्रकान्तले आफ्नै संगीतमा रहेको गीतमा आफैले स्वर भरेका छन् । प्रकाश धितालको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा समाजको वास्तविक यथार्थलाई समेटेर निर्माण गरिएको छ । म्यूजिक भिडियोमा कल्याणी ठकुरी, शिल्पा बिमली, बैष्णभी पौडेल र चन्द्रकान्त पौडेलल निकै मन छुने अभिनय गरेका छन् ।

अजय रेग्मीले छायांकन गरेको उक्त गीतको म्यूजिक भिडियोलाई चन्दु गोर्खालीले एजेन्ज गरेका छन् भने विकास दहालले सम्पादन गरेका छन् । देशको समसामयीक विषयमा तयार पारिएको गीत सार्वजनिक भएको केही समयमा नै राम्रो भिओर्स पाउनुको सार्थ दर्शक श्रोताहरुको तर्फबाट राम्रो प्रतिक्रिया पाएको छ ।