क्यान्सर पीडितलाई नगद सहयोग

  • 27
  •  
  •  
    27
    Shares

काठमाडौँ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा सुनिल शर्माले क्यान्सर रोगबाट पीडित एक बिरामीलाई आज रु ५० हजार सहयोग गर्नुभएको छ ।

मोरङ बेलबारी–१ की क्यान्सरपीडित विष्णुमाया धिमालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले बिरामी धिमालको घरमै गएर उहाँले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

यसअघि डा शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेव र मिर्गौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि रु एक÷ एक लाख सहयोग गर्नुभयो । त्यस्तै सुन्दरहरैचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाइते भएकी बेलबारीकी सुकमाया राईको उपचारका लागि पनि डा शर्माले जनही रु एक÷एक लाख सहयोग गर्नुभएको थियो । रासस