सावधान  ! तपाईमा भएका यी गलत बानीले बनाउँछ दिमागलाई कमजोर

  • 31
  •  
  •  
    31
    Shares

काठमाडौँ । हरेक व्यक्तिको उमेर बढेसँगै स्मरण शक्तिमा ह्रास आउने गर्छ । तर युवा अवस्थाका व्यक्तिमा नै स्मरण शक्तिमा ह्रास आउँछ भने त्यसको पछाडी विभिन्न कारणहरु रहेका हुन्छन् । यद्यपी दैनिक जीवनयापनको कारण दिमाग कमजोर हुँदा व्यक्तिमा देखिएको सामान्य व्यवहारले नै मानसिक रुपमा असर पारिरहेको हुन्छ ।

जसले गर्दा छिट्टै बिर्सने, पढेको कुरा याद नहुने, दैनिक कार्यमा पनि बाधा आउने जस्ता समस्याहरु देखिएका हुन्छन् । यसरी दिनप्रपतिदिन यस्ता समस्याहरु बढ्दै जाँदा दिमागमा नराम्रो असर पर्ने विज्ञरुको भनाइ छ । त्यसकारण आज हामी तपाईहरुलाई मानिसको केही नराम्रा बानीको बारेमा बताउन गइरहेका छौँ । जसले दिमागलाई नराम्रो असर पारिरहेको हुन्छ ।

१.खानपानमा लापरवाही : पछिल्लो समय व्यस्त जीवन शैली व्यतित गररहेका कारण मानिसहरु समयमा खाना खान पाउँदैनन् । यस्तो बानीले व्यक्तिको शरिरमा मात्रै हैन दिमागमा पनि नराम्रो असर पुर्याएको हुन्छ । हरेक दिन स्वस्थ खाना र समयमा नै खाना खान जरुरी रहेको हुन्छ । बिहान खाली पेट बस्दा दिमागले काम नगर्ने र एक्कैपटक धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुने गर्छ । त्यसकारण तपाईमा भएको यस्तो बानीले राम्रोसँग काम गर्न सक्ने क्षमता हुँदैन् ।

२.धुमपान : धुम्रपान तथा मद्यपान स्वास्थ्यको लागि हानिकार हुन्छ । यसको सेवनले हरेक पाइला पाइलामा जीवनलाई छोट्याइ रहेको हुन्छ भने दिमागलाई पनि कमजोर बनाएको हुन्छ । धुम्रपानले मष्तिस्कको सैवेदनशिल भागमा प्रत्यक्ष असर पर्ने भएकाले स्मरण शक्तिमा ह्रास आउने एक अध्यनले बताएको छ ।

३.गलत बानी : आजभोली प्राय धेरैको बानी नै छ राती अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने, राती लामो समय ल्यापटप मोबाइल वा कम्प्युटरमा बस्ने बानीले सिधा रुपमा दिमागलाई नै असर गरेको हुन्छ ।

४.पानी कम पिउँदा : कम पानी पिउने मानिसको दिमाग कमजोर हुन्छ । यदि तपाई लामो दूरीको यात्रा परिक्षा दिन जाँदैहुनुहुन्छ भने साथमा पानी लिएर जानुहोस् । पानीले दिमागलाई तेजिलो बनाउँछ । बिर्सनबाट टाढा राख्छ ।

५.अल्छी : धेरै अल्छि गर्ने मानिसको दिमाग कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग गर्न नचाहने भएकाले रचनात्मक कार्य गर्न सक्दैनन् । दिमागलाई जति प्रयोगमा ल्यायो त्यतिकै चलाख हुन्छ । कसरत गर्दा पनि दिमागलाई तेजिलो बनाउने शक्ति प्राप्त हुन्छ ।

६.तनाव : तनावबाट सधै मुक्त हुनुपर्छ । तनाव मानव शरिरको लागि सबैभन्दा ठूलो शत्रु हो । जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । तनाव भयो भने मृगौलाले तनाव ग्रन्थीको उत्पान उत्पादन गर्छ । र यसको प्रत्यक्ष असर दिमागमा पर्छ ।

७.ईयरफोन : प्राय धेरै मानिस इयरफोनको प्रयोग गर्ने गर्छन् । यसरी इयरफोन र हेडसेटमा गीत सुन्ने मानिसको कानसँगै दिमागले पनि काम गरेको हुँदैन् । लगातार इयरफोनको प्रयोग गर्दा टिशुजको पनि नोक्सान हुनुको साथै अल्जाइमरको समस्या हुने गर्छ ।

८.निन्द्रा : मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि ७ देखि ८ घण्टासम्म सुत्न जरुरी रहेको हुन्छ । यदि निन्द्रा पुगेन भने दिमागले केही काम गर्न नै सक्दैन् । निन्द्रा पुगेन भने दिमागमा ह्रास आउँछ ।

९.एक्लोपन : केही मानिसहरु भिडभाडमा एकान्तमा बस्न रुचाउँछन् । तर लामो समय एक्लै बस्ने गर्दा दिमागमा नराम्रो असर पर्छ ।