दशैंकै अवसर पारेर छोरीसँग सुगम पोखरेलको नयाँ गीत ‘शुभ दशैं’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दशैंकै अवसर पारेर गायक सुगम पोखरेलको दशैँ गीत ‘शुभ दशैं’ सार्वजनिक भएको छ । करिब ८ बर्षपछि उनी आफ्नी छोरी एन्जेलिजा पोखरेलसँग ‘शुभ दशैं’ भन्दै आएका छन् । गीतमा उनले चाडबाडको बेला एक्लै हुँदा वा घर परिवार अनि देशबाट टाढा हुँदाको न्यास्रोलाई गीतमा समेटेका छन् । अहिलेको हाम्रो परिस्थिति र बिकशित जीवनशैलीले गर्दा पुराना सांस्कृतिक मुल्य मान्यता , संस्कार ,चाल चलन र दर्शन ओझेल पर्न आटेकाले त्यसलाई समेटेर दशैँ गीत बनाएका हुन् ।

गीतमा सुगमको शब्द ,संगीत र सन्नी सुनामको संगीत संयोजन रहेको छ । भिडियोमा सतिस श्रेष्ठ र बलराम बुडाथोकीले छायाकंन , सतिसकै सम्पादन तथा निर्देशन रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *