‘प्रेमगीत ३’ मा शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायक शिव श्रेष्ठलाई निकै फरक अवतारमा देख्न सकिन्छ । पोस्टरमा उनी लामो कपाल र जुगामा सिंहासनमा बसेको राजाको अनौठो भेषमा देखिएका छन् । बताए अनुसार उनी डेढ सय वर्ष अगाडिको राजाको भूमिकामा छन् । उनले फिल्ममा नायक प्रदिप खड्का र नव नायक मनिष राउतको बाबाको भूमिका निभाउँदैछन् ।

यो फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेन मिलेर संयुक्त रुपमा निर्देशन गदैछन् । निर्माता सेनका अनुसार फिल्मको काठमाडौमा छायाकंन सम्पन्न भएकाले अब बाँकी सिनको लागी मनाङ प्रस्थान गर्ने बताए । मनाङमा छायाकंनको लागी मुस्ताङबाट घोडा मगाइएको छ ।

यस पिरियड ड्रामा फिल्ममा प्रदीपको जोडीको रुपमा नव नायिका क्रिस्टिना गुरुङ छिन् । फिल्ममा प्रदिप र क्रिस्टिनासँगै ,शिव श्रेष्ठ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । यो फिल्म चैत २८ गतेबाट रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *