आकाश र पुजाको फिल्म ‘सम्झना बिर्सना’ मा छुल्ठिम गुरुङ अनुबन्धित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले फिल्म ‘सम्झना बिर्सना’को छायाकंनको लागी आकाश श्रेष्ठ र पुजा शर्मा भारतको सिलगुडी पुगेका छन् । यो जोडीको फिल्ममा चौथो पटक सहकार्य हुदैँछ । फिल्मलाई निमेष प्रधानले निर्देशन गदैछन् ।

यसैबीच , छायाकंन सुरु भएसँगै फिल्ममा अर्को नायिका छुल्ठिम गुरुङको प्रवेश भएको छ । यो फिल्ममा उनी प्रमुख भुमिकामा नै हुनेछिन् । आदित्य फिल्मसको व्यानरमा निर्माण हुने फिल्म प्रेम कथामा आधारित हुने बताइएको छ । फिल्ममा आदित्य प्रधान र रेविका प्रधानको लगानी रहेको छ । शिव ढकालले खिच्ने फिल्म  दार्जि्लिङ्ग, सिक्किम र नेपालको विभिन्न सुन्दर स्थानमा छायाकंन हुनेछ । फिल्ममा आकाश ,पुजा र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणा, मेनुका प्रधान, मदन भुजेल लगायतका थुप्रै कलाकारले अभिनय गदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *