‘गोलमाल ५’ मा फेरी एकसाथ आउदै अजय देवगन र रोहित शेट्टी ,शुरु हुदैछ फिल्मको तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको सबैभन्दा राम्रो कमेडी फिल्म ‘गोलमाल’को अर्को भाग पनि बन्ने भएको छ । कमेडी फिल्म गोलमालको सबै भागले दर्शकहरुलाई धेरै हसाएको छ । अब फेरी अर्को खबर आएको छ , रोहित शेट्टी ‘गोलमाल ५’ बनाउने तयारीमा जुटेका छन् । यस फिल्ममा पहिलेको भागमा जस्तै अजय देवगन दर्शकहरुलाई हसाँउन आउदैछन् ।

बलिउड निर्देशक रोहित यस दिनमा आफ्नो आगामि फिल्म सूर्यवंशीको काम गरिरहेका छन् । त्यसको काम सकिएपछि तुरुन्तै ‘गोलमाल ५’ को शूटिङ सुरु हुनेछ । एक रिपोर्टको अनुसार गोलमालको पाचौ भागको स्किृप्ट र कन्सेप्ट तयार भैसकेको छ । अहिले लेखकले फिल्मको स्किृप्ट र डाइलग तयार गरिरहेका छन् ।

रोहित शेट्टी र अजय देवगनले आगामि सालको अन्यतिर फिल्मको शूटिङ शुरु गदैछन् । यसअघि पनि अजय र रोहितले जमिन , गोलमाल ,सन्डे , गोलमाल रिटर्न ,सघंम, ओल द बेस्ट , बोल बच्चन , सिघंम रिटर्न र गोलमान अगेनमा काम गरिसकेका छन् । त्यसैले दर्शकहरु गोलमाल ५ को पनि धेरै प्रतिक्षारत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *