‘झिँगेदाउ’ मा आँचलको अहिलेसम्मकै फरक लुक्स ,यस्तो गाउँले भूमिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनिरहेको फिल्म ‘झिँगेदाउ’ को निर्माणटिमले आँचल शर्माको नयाँ लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तस्विरमा नायिका आचँललाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । उनी पिठ्यूमा डोको ,सिउँदोमा सिन्दुर घाँटीमा हरियो पोते, रातो रंगको साडी र गुन्यू चोलीमा कम्मरमा पटुकी बाँधेका फरक लुक्समा देखिएकी छिन् । उनी फिल्ममा एक गाँउले केटीको भूमिकामा देखिदैछिन् । उनको जोडीको रुपमा मुकुन्द भुषाल देखिदैछन् ।

यसअघि फिल्मी करियर सुरु गरेदेखि सधै उनी सहरिया केटीको भूमिकामा मात्र देखिएकी छिन् । तर यो फिल्ममा आचललाई अन्य फिल्मभन्दा फरक भूमिकामा देख्न पाउनेछ । अहिले निर्माण टिम खोटाङको हलेसीमा छायांकन सकेर भकुन्डेवेसी आइपुगेको छ । साहित्यकार भीमनिधि तिवारीको कथामा आधारित भएर बन्न लागेको फिल्मलाई निर्देशक देउजा स्वयंले निर्माण गरेका हुन ।

कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण भैरहेको फिल्ममाा विष्णु कल्पितको छायाकंन , प्रदीप भारद्धाज पटकथा एवं संवाद र अर्जुन पोखरेलको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *