अनारको फल होस् अथवा पात दुवै स्वास्थ्यको लागी लाभदायक ! यस्ता छन् फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अनार स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसमा भिटामिन ए, भिटामिन सि, भिटामिन के, फाइबर , फोलिक एसिड र एन्टिअक्सिडेन्ट तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । अनारले शरिरमा रगतको कमी ,छाला तथा पाचन सम्बन्धी समस्या निको पार्छ । तर अनार मात्र होइन् , यसको पात पनि स्वास्थ्यको लागी लाभदायक मानिन्छ । यसले हाम्रो शरिरमा लाग्ने विभिन्न किसिमका रोगहरुबाट बचाउँछ । आज हामी यही अनार र यसको पात खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

-यदि अनुहारमा अनारको पातलाई पिसेर त्यसमा तिलको तेल मिसाएर लगाएमा चाउरीपना र दाग धब्बा हटाएर सुन्दर बनाउँछ ।

-यदि तपाईमा खाना अचप हुने र भोग नलाग्ने समस्या छ भने अनारको पातहरु सलादको रुपमा खायो भने ठिक हुन्छ ।

-अनारको पात खादाँ पाचन सम्बन्धी समस्या निको पार्छ ।

-यदि अनारको पात पिसेर त्यसको लेपनलाई छालामा लगाएमा छाला सम्बन्धी दाद लगायका समस्याहरु ठिक हुन्छ ।

-अनारको पातबाट बनेको जुस खाएमा मुख सम्बन्धी अल्सरहरु निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *