अक्षय कुमार बलिउडको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेता ! आफ्नै जेट प्लेनदेखि यस्तो छ आलिशान बंगला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अक्षय कुमारको वर्षमा ४ देखि ५ वटा फिल्महरु रिलिज हुन्छन् । जसले गर्दा बलिउडमा अक्षयको अन्य कलाकारहरुको तुलना धेरै फिल्महरु रिलिज हुन्छ । हाल उनी करण जौहरको फिल्म गुड न्यूजमा देखिदैछन् । उनको अर्को वर्ष सूर्यवंशी , बच्चन पांडे र पृथ्वीराज र लक्ष्मी बममा देखिदैछन् ।

तर अक्षयको सफलताको पछाडि ठुलो सर्घष र निकै चुनौतीहरु रहेका छन् । उनले आफ्नो करियरको सुरुवातमा निकै मिहेनत गरेर आज यो स्थान आइपुगेका हुन् । उनले आफ्नो करियरको सुरुवात सन् १९९१ मा फिल्म ‘सौगंध’बाट सुरु गरेका थिए । त्यसपछि उनलाई विस्तारै सफलता मिल्दै गयो ।

हाल उनी बलिउडको सबैभन्दा धेरै कमाई गर्ने अभिनेताको सूचीमा परेका छन् । उनी विश्वको सबैभन्दा भन्दा धेरै कमाई गर्ने अभिनेताको सूचीमा भने चौथो स्थानमा परेका छन् । फोर्ब्सका अनुसार अक्षय कुमारको कुल कमाई ६९ मिलियन डलर अर्थात् ४ सय ४४ करोड रुपिया रहेको छ । त्यस्तै टाइम्स अफ इन्डियाका अनुसार उनको नेटवर्थ १५० मिलियन डलर अर्थात् १०.७४ अरब भन्दा बढी रहेको छ । उनले एक फिल्मका काम गर्नको लागी १०० करोड भारु पारिश्रमिक लिने बताइएको छ ।

त्यति मात्र होइन् , उनी आरामदायी जीवन बिताउनमा पनि निकै सौखिन छन् । त्यसैले उनको आफ्नै निजी प्लेन , ठुलो आलिशान बंगला र महँगा महँगा गाडीहरु छन् । बलिउडमा निजि प्लेन चढ्ने अभिनेतामध्ये अक्षय कुमार पनि एक हुन् । त्यसको मूल्य २६० करोड पर्ने बताइएको छ । त्यसैले उनी धेरैजसो आफ्नै प्लेनमा यात्रा गर्छन् । उनीको हेदै अनौठो लाग्ने आलिशान बंगला रहेको छ । भारतीय सञ्चार माध्यममा अनुसार यसको मूल्य करिब ८० करोड पर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *