‘चपली हाइट ३’मा अर्पण थापालाई अनुबन्धित गर्दै लुक्स सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले ‘चपली हाइट ’को तेस्रो सिक्वेलको धमाधम छायाकंन भइरहेको छ । यसअघि यसको २ वटा भागले बक्स अफिसमा राम्रै ब्यापार गरेको थियो । निकेश खड्काले निर्देशन गरेको चलचित्र थ्रीलर कथामा निर्माण हुने बताइएको छ । निर्माण टिमका अनुसार यो चलचित्र अन्य भागबाट फरक कथामा बन्न लागेको बताइएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक क्षेष्ठ लगायका कलाकारहरुले अभिनय गदैछन् । यो चलचित्रबाट नायकद्धोय महेश त्रिपाठी र प्रतिक क्षेष्ठ डेब्यू गरेका हुन् ।

यसैबीच , चलचित्रममा नायक अर्पण थापालाई पनि अनुबन्धित गरिएको छ । निर्माता अर्जुन कुमारले अर्पनको लुक्स सार्वजनिक गदै चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका हुन् । अब अर्पणको प्रवेशसँगै चलचित्रको टिमअप बलियो बनेको छ । यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । यो चलचित्र चैतको २८ गते ‘प्रेम गित ३’सँग भिड्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *