हाच्छ्यु रोक्नु स्वास्थ्यका लागि हानिकारक : यस्ता छन् ५ बेफाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाच्छ्यू आउनु एक प्राकृतिक कुरा हो । यो जतिबेला पनि नाकमा केही खराब गन्ध वा धुलो आएमा आउन सक्छ । तर हाच्छ्यू आयो भन्दैमा जहाँपायो त्यही गर्नु पनि हुदैन् । त्यसैले अधिकांश मानिसहरु हाच्छ्यू रोक्ने प्रयास गर्छन् । तर यो बानी आचरणको हिसाबले राम्रो भएपनि स्वास्थ्यको हिसाबले हानिकारण हो । हाच्छ्यू गर्नु भनेको शरिरको खराब पदार्थलाई बाहिर फ्याक्नु हो । यसरी हामीले एकचोटि हाच्छ्यू गर्दा १६० कि मि घण्टाको रफ्तारमा शरिरबाट हावा बाहिर निस्कन्छ । यदि यो हावा बाहिर निस्कन पाएन भने शरिरमा समस्याहरु देखा पर्दछ । हेर्नुस् के के समस्या आउँछ ?

-यदि हाच्छ्यू आएको बेला रोकेमा सिधै कानमा असर परी भविष्यमा बहिरो हुने सम्भावना हुन्छ ।

-हाच्छयू रोक्नाले दिमाखमा पनि गम्भिर असर पर्दछ । यसले मतिष्कको रक्त सञ्चारमा असर पुयाउँछ ।

-हाच्छ्यू रोक्नाले कानमा मात्रै होइन् , आँखाको रक्त सञ्चारमा पनि असर पुयाउँछ ।

-यदि हाच्छयू रोकेमा मुटु सम्बन्धी विभिन्न समस्याहरु देखा पर्दछ ।

-हाच्छ्यू आएको बेला मज्जाले लाज नमानी गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *