अक्षय कुमारको फिल्म ‘गुड न्यूज’को नयाँ पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको खेलाडी अक्षय कुमार चाँडै यो वर्षको अन्त्यतिर एक धमाकेदार फिल्म लिएर आउदै छन् । यसको ट्रेलर र एक गित समेत सार्वजनिक भैसकेको छ । अहिले यो गीत र ट्रेलरको निकै चर्चा छ ।

हाल फिल्मको एक नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टर अक्षयले आफ्नो अफिसियल अकान्टबाट सेयर गरेका छन् । अक्षयले पोस्टर सेयर गर्दै ,‘बत्रा फेमिलिजको गडबढी जिन्दगीको एक अर्को झलक , बन्नेछ आज गुड न्यूज’ लेखेका छन् । सार्वजनिक पोस्टरमा अक्षय कुमार , करिना कपूर , कियारा आडवाणी र दिलजित देखिएका छन् ।

यो फिल्मको केही दिन पहिले एक गित रिलिज गरिएको थियो । यो गितलाई धेरैले मन पराएका छन् । अब फिल्मको अर्को गित सौदा खरा खरा पनि भोलि रिलिज हुने तयारीमा छ । अहिले अक्षयको गुड न्यूज सुनेर दर्शकहरु धेरै खुसी भएका छन् । राज मेहताले निर्देशन गरेको फिल्म २७ डिसेम्बरमा सिनेमाघरमा रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *