‘लभ यू हमेशा’को नयाँ गीत ‘सुखको जुनी’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘लभ यू हमेशा’को नयाँ गित सार्वजनिक भएको छ । ‘सुखको जुनी’ बोलको गितमा उदय सोताङको स्वर , बासुको शब्द तथा संगीत रहेको छ । शिव ढकालले खिचेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन र कमल राईको कोरियोग्राफी रहेको छ ।

भास्कर प्रधानको निर्देशनमा बनेको चलचित्रको यमन गुरुङ निर्माता हुन् । फिल्ममा मिलन गुरुङ सह निर्माता हुन् । यो चलचित्र धर्मा क्रियसनको ब्यानरमा निर्माण भएको हो । लभ स्टोरी जनरामा निर्माण भएको चलचित्रमा यशराज र ऋचासँगै फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *