क्यान्सरलाई जितेको तस्विर सेयर गदै मनिषा कोइरालाले भनिन् , ‘जीवनमा दोस्रो यो मौकाको लागी धन्यवाद’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मनिषा कोइराला लामो समयपछि क्यान्सरलाई जितेर फर्केकी छिन् । अब उनले त्यही सर्घषको कथाले मानिसहरुलाई प्रेरित गरिरहन्छिन् । त्यसका साथै उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा मार्फत आफ्नो सर्घषको कथा बेला बेलामा सेयर गरिरहन्छिन् । यसैबीच उनले एक डिसेम्बरमा एक तस्विर सेयर गरेकी छिन् ।

उनले सेयर गरेको पहिलो तस्विरमा उनी हस्पिटलको बेडमा देखिएकी छिन् ।दोस्रो तस्विरमा उनी बादलले ढाकिएको पहाडमा देखिएकी छिन् । मनिषाले यो तस्विरलाई आफ्नो अफिसियल इंस्टाग्राम मार्फत सेयर गदै , यो ‘दोस्रो जीवनको लागी सधै आभारी छु ,गुट मर्निङ फ्रेन्ड, यस शानदार जिन्दगीको मौका हो ,मस्त र स्वास्थ्य हुन’ लेखेकी छिन् ।

यो घातक बिरामीबाट निको भएर फर्किएपछि मनिषाले यस सर्घषको सबैको साथमा सेयर गरिन् । त्यसपछि उनले सम्झनाको लागी “कसरी क्यान्सरले मलाई जीवन दियो” भनेर किताब समेत लेखेकी छिन् । उनले किताबका अमेरिकमा भएको उपचार र अन्य बाँकी जिन्दगीको बारेमा लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *