दैनिक १ गिलास गहुँको दुबोको जुस पिउनुस् , हुनेछ यस्तो ८ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सबैलाई थाहा छ ,गहुँ विभिन्न परिकार बनाएर खानको लागी आटा बनाएको प्रयोग गरिन्छ । तर धेरैलाई थाहा छैन, यसको जुस पनि बनाएर खाइन्छ ? तर गहुँको दुबोको जुस बनाएर पिउने गरिन्छ । यो हाम्रो स्वास्थ्यको लागी पनि फाइदाजनक हुन्छ । हामीले यसको घाँसको रस बनाएर नियमित विहान एक गिलास पिउनाले स्वास्थ्यमा लाभ मिल्नेछ । आउनुस् जान्नुस् यसको ८ फाइदाहरु

. रोग प्रतिरोधक क्षमता बढाउँछ : यदि दैनिक विहान एक गिलास गहुँको जुस पिएमा रोग प्रतिरोधक क्षमता बढाउँछ । कमजोर प्रतिरक्षा प्रणालीको कारण सजिलै भाइरस र संक्रमणको शिकार भइन्छ । त्यसैले मौसमको परिवर्तनसँगै गहुँको जुस लाभदायक हुन्छ ।

२.थायराइडलाई नियन्त्रण गर्छ :गहुँको जुस पिउनाले थाइराइड ग्रन्थीले ठिक तरिकाले काम गर्छ । यदि तपाईलाई थाइराइड छ भने गहुँको जुस पिउनुस् ।

३.खराब कोलेस्ट्रोल कम गर्छ : गहुँको जुसले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मर्दत गर्छ । यदि नियमित विहान पिएमा कोलेस्ट्रोल र अन्य बिरामी पनि निको हुन्छ ।

४. छालाको लागी फाइदाजनक : यदि तपाईको छाला सम्बन्धी विभिन्न किसिमका समस्याहरु छ भने गहुँको जुसले निको हुन्छ । जसले छालाको एलर्जी लगायतका समस्या समाधान गर्छ ।

५. कपालको लागी फाइदाजनक : यदि तपाईको कपाल झर्ने लगायतका समस्याहरु भएमा गहुँको जुसले सुन्दर र चम्किलो बनाउँछ ।

६. पाचन प्रणालीमा सुधार : गहुँको रसमा भिटामिन र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले पाचन प्रणालीमा सुधार आई स्वास्थ्य राख्न मदत गर्छ । त्यसका साथै अन्य पेट सम्बन्धी समस्या पनि समाधान हुन्छ ।

७. तनाव र डिप्रेशनबाट बचाउँछ : गहुँको जुस आइरन र एनेमियाको प्रमुख स्रोत हो । यदि नियमित विहान गहुँको जुस पिएमा तपाई तनाव र डिप्रेशनबाट बच्न सकिन्छ ।

८.गहुँको जुस नियमित पिएमा महिनावारीबाट हुने दुखाई कम गरी प्रजनन क्षमता वृद्धि गर्न मदत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *