यस्ताे बन्यो पूजा र सौगात अभिनित फिल्म ‘पोइ पर्याे काले’को ट्रेलर (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘पोइ र्पयो काले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर कमेडी र हल्का दोधारमा पार्ने खालको रहेको छ । उक्त ट्रेलरमा फिल्मको नाम जस्तै कालो वर्णको केटाको जीवनमा आउने उतारतडाबलाई देखाउन खोजिएको छ । ट्रेलरमा फिल्ममा प्रमुख कलाकार सौगात मल्ल ,पूजा शर्मा ,आकाश श्रेष्ठ ,श्रृष्टी श्रेष्ठ ,राजाराम पौडेल लगायत देखिएका छन् ।

शिशिर राणाको लेखन तथा निर्देशन रहेको फिल्मको शिव ढकालले छायांकन गरेका छन् । त्यस्तै सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्मको कविराज गहतराज, रामजी लामिछाने र रविन शाहले कोरियोग्राफी गरेका छन् । दिपक मनाङ्गे र सरोज नेपालीकोे लगानी रहेका फिल्मलाई प्रकाश किम्भेले सम्पादन गरेका छन् । त्यस्तै फिल्ममा करण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा सौगात ,पूजा ,आकाश ,श्रृष्टी,राजारामसँगै सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो फिल्म कात्तिक ८ गतेबाट रिलिज हुदैँछ ।हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *