चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका सुरक्षा पन्त विलकुलै फरक लुक्समा देखिएकी छिन् । उनलाई आधा कपाल काटिएको भावुक मोडमा पोस्टरमा देख्न सकिन्छ । अर्को पोस्टरमा मिथिला शर्मा पनि देखिएकी छिन् ।

यो चलचित्र नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिदै फेरी निर्माण गरिएको हो । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र के. खनाल निर्देशन गरेका हुन् । दिपेन्द्रले यसअघि ‘पशुपतिप्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रमा सूर्यमाला खनाल ,सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहेको छ । यो चलचित्र फागूण ९ गतेबाट रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *