दयाहाङ राईले किन छोडे ‘लप्पन छप्पन २’ ? यस्तो छ कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक दयाहाङ राईले साइन गरेको फिल्म ‘लप्पन छप्पन २’ छोडेका छन् । फिल्मको छायाकंनमा ढिलाई भएको भन्दै राईले हात झिकेका हुन् । किनभने उनी दशैंभित्र ‘लप्पन छप्पन २’ को छायांकन सकेर तिहारपछि ‘जारी’ गर्ने तयारी थिए । तर ‘लप्पन छप्पन २’ को निर्धारित मितिमा छायाकंन हुन सकेन् । हाल ‘लप्पन छप्पन २’ छोडेपछि दयाहाङ जारीको छायाकंनमा ब्यस्त छन् ।

अहिले यस फिल्मलाई दयाहाङले छोडेपनि उनको ठाँउमा शिव क्षेष्ठको छोरा शक्तिलाई निर्माणटीमले अनुबन्धित गरेको छ । बताए अनुसार यसअघि आफ्नो बाबुको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका शक्तिलाई शिवले नै सिफारित गरेका हुन् । फिल्ममा शक्तिले प्रहरीको भूमिका निभाउदै छन् । अहिले यस फिल्मको अष्ट्रेलियामा छायांकन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *