कात्तिक २९ गते रिलिज हुने भनिएको फिल्म ‘माछा माछा’ तीन हप्ता पछाडि सर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक सौगात मल्ल अभिनित फिल्म ‘माछा माछा’ को रिलिज मिति सरेको छ । कात्तिक २९ गते रिलिज हुने भनिएको फिल्म विभिन्न कारण देखाउदै तिन हप्ता पछाडि मंसिर २० मा सारिएको छ । बताए अनुसार हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ कारण सारिएको अनुमान गरिएको छ । तर यो फिल्म सरेपछि कात्तिक २९ गते रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ लाई फाइदा पुगेको छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । ओमचन्द्र रौनियार र अर्जुन कार्की फिल्मको सहनिर्माता हुन् ।फिल्ममा शिवराम श्रेष्ठको छायाकंन , निमेष श्रेष्ठको सम्पादन ,प्रविन सिंहको कोरियोग्राफी र सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यसअघि नै फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *