काजु खानुका यस्ता छन् ८ फाइदाहरु
काठमाडौँ । काजु नियमित खानु स्वास्थ्यको लागी लाभदायक हुन्छ । यसलाई मानिसहरुले विभिन्न परिकार बनाएर खाने गर्दछन् । यसमा भिटामिन सी , भिटामिन बी ,कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर, पोटासियम लगायतका तत्वहरु पाइन्छ । काजुले शरिरमा शक्ति प्रदान गर्नुका साथै दिमाखलाई तेजिलो बनाउँछ । आज हामी यही लाभदायक काजु खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्
-काजु नियमित खानले कपाल र दाँत बलियो र चम्किलो बनाउँछ ।
-काजु नियमित खाएमा आँखा र दिमाख तेजिलो हुन्छ ।
-काजुले कब्जियतबाट पनि बचाउँछ ।
-काजु नियमित खाएमा यौन क्षमता वृद्धि गर्दछ ।
-काजुको सेवनले मधुमेह लाग्नबाट बचाउँछ ।
-काजुको नियमित सेवनले मुटु रोगबाट पनि बच्न मदत गर्दछ ।
-काजुले कोलेस्टेरोल घटाउन सहयोग पुयाउँछ ।
-दैनिक रुपमा काजु खाएमा रक्तचाप नियन्त्रण हुन्छ ।