‘सरौतो’को प्रमोशनल गीतमा भिटेनको र्याप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको छ ।भिडियोमा फिल्मको मुख्य कलाकार सुमि मोक्तान र बिजय लामाका साथै भिटेन आफै पनि देखिएका छन् । यो गीत यही शुक्रबार सार्वजनिक हुने निर्देशन हरी हुमागाईले बताए । निर्देशक  हरीका अनुसार भिटेनले टिजर हेरेपछि गीत गाउनको लागी तयार भएका हुन् । केही दिन अगाडि मात्र भिटेनलाई हामी यस्तै त होनि ब्रो को शब्द र फेसबुकको तस्विरको आधारमा प्रहरीले हिरासतमा राखेर छाडेको थियो ।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको छ । फिल्ममा सुमीसँगै, लियो ट्यांक, सन्नी सिंह, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ्ग लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म मंसिरको १३ गतेबाट रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *