चर्चित गायक प्रेम परियार गायकबाट नायक बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । “मर्ने कसैलाई रहर हुदैन्” जस्ता चर्चित गित गाएका प्रेम परियारले अब फिल्ममा डेब्यू गर्ने भएका छन् । प्रेम नयाँ फिल्म ‘पर्खि बसे फर्कि आउछु’ मार्फत गायकबाट नायक बन्न लागेका हुन् । उनले केही वर्षयता स्वरमा आएको परिवर्तनले गित गाउन कम गएका छन् । यो फिल्मको सोमबार शुभ मुहुर्त गदै छायाकंन सुरु गरिएको छ । फिल्मको पुर्व उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यतामा शुभ मुर्हुत गरिएको हो । मुर्हुत कार्यक्रममा निर्माणटिम र फिल्मका मुख्य कलाकार प्रेम परिवार , समिक्षा बस्नेत र देव सागर उपस्थित भएका थिए ।

राम बहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म लभ स्टोरी जनरामा बन्नेछ । रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको छन् । फिल्मको अन्य कलाकारहरुमा पदम तामाङ, सुशिल गौतम, सुशिल पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज विसी लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *