चलचित्र ‘सूर्य किरण’को पोष्टरसँगै नयाँ रिलिज मिति सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ‘सूर्य किरण’को पोष्टरसँगै नयाँ रिलिज मिति सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गदै निर्माण टिमले यो चलचित्र मंसिर २७ बाट रिलिज हुने जानकारी दिएका छन् । यसअघि चलचित्र मंसिर २० मा रिलिज हुने भनिएको थियो । सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकारहरु सविन श्रेष्ठ , केकी अधिकारी, अमिर दोङ लगायत देखिएका छन् । यसअघि चलचित्रको ट्रेलर र ‘मैच्याङलाई’ बोलको गीत सार्वजनिक भैसकेको छ । अहिले यसको निकै चर्चा छ ।

अमिर दोङको निर्देशनमा बनेको ‘सूर्य किरण’ को अमृत चेपाङ निर्माता हुन् । यसको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले तयार पारेका हुन् । चलचित्रमा अन्य कलाकारहरु मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *